Logo

अर्जेन्टिनाका उपराष्ट्रपतिलाई आक्रमणको प्रयास, हतियारधारी पक्राउ



एजेन्सी, १७ भदौ । अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजलाई एक व्यक्तिको गोली हान्ने प्रयास विफल भएको छ । उनीमाथि गोलि हान्न खोजे पनि समयमै पेस्तोलले फायर नगरेपछि उनी जोगिएकी भारतीय समाचार एजेन्सी भाष्कर दैनिकले जनाएको छ ।

एजेन्सीको अनुसार घटना बिहीबार राति भएको हो । क्रिस्टिना उनको घरबाहिर समर्थकहरुको बीचमा थिइन् । सोही क्रममा एक अज्ञात व्यक्तिले पोइन्ट ब्ल्यांक दायरामा बन्दुक तान्यो ।

आक्रमणकारी अचानक क्रिस्टिनाको नजिक आए र बन्दुकको मुखमा हाने। गोली चलेको भए ठूलो क्षति हुन सक्ने थियो । आक्रमणकारी पक्राउ परेका छन् । आरोपी ब्राजिलका बासिन्दा रहेको जनाइएको छ । उनको नाम फर्नान्डो आन्द्रे सबाग मोन्टिएल हो।
घटनाका क्रममा अराजकता भएको थियो । संदिग्ध व्यक्ति क्रिस्टिनाको अगाडि देखा पर्ने बित्तिकै उनको सुरक्षा गार्ड कारबाहीमा परेका छन् ।

क्रिस्टिना सन् २००७ देखि २०१५ सम्म राष्ट्रपति थिइन् । यही क्रममा उनीमाथि भ्रष्टाचारको आरोप लागेको थियो । मुद्दाको सुनुवाइ अझै जारी छ । क्रिस्टिनाविरुद्ध चलिरहेको मुद्दाको विरोधमा उनका समर्थकहरूले घरबाहिर ¥याली निकालेका थिए ।



प्रतिक्रिया दिनुहोस्