काठमाडौं, १७ भदौ । साताको कारोबारको अन्तिम दिन शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसुचक १ दशमलव ७६ अंकले घटेर १९७० दशमलव ६२ विन्दु कायम भएको हो ।
त्यस्तै, शेयरबजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ७४ अंकले घटेर ३८२ दशमलव २० विन्दुमा थामिएको हो ।
आज २१९ कम्पनीको ६९ करोड ८८ लाख ५ हजार ९५१ रुपैयाँ बराबरको १८ लाख १ हजार २७३ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।