Logo

अनुशासन र संगठनात्मक लगाव भएकालाई प्राथमिकता दिन माओवादीको निर्देशन



काठमाडौं, १७ भदौ । सत्तारुढ दल (नेकपा) माओवादी केन्द्रको बागमती प्रदेश कमिटीले आगामी निर्वाचनका लागि उम्मेदवार छनोट सर्कुलर जारी गरेको छ।

पार्टीले १३ वटै जिल्लाका सबै संघ र प्रदेश निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिक गरेर पठाउन पालिका, संघ एवं प्रदेश निर्वाचन क्षेत्र र जिल्लाहरूलाई निर्देशन दिएको हो ।

पार्टीले बैठकका निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै उम्मेदवार सकेसम्म सर्वसम्मत छनोट गर्न समेत आग्रह गरेको छ ।

पहिलो प्राथमिकता पार्टी प्रतिवद्धता, अनुशासन र संगठनात्मक लगाव भएका र चुनाव जित्ने सम्भावना भएकाहरुलाई दिने सर्कुलरमा उल्लेख गरिएको छ। सर्कुलरमा सकेसम्म यसअघि निर्वाचित नभएकाहरुलाई उम्मेदवार सिफारिस गर्नुपर्ने छ।



प्रतिक्रिया दिनुहोस्