काठमाडौं, भदौ १८ । सेभ सोइल अर्थात् माटो जोगाऔँ अभियानसँग नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले ऐक्यबद्धता जनाएको छ।
अभियानका लागि नेपाल आएका प्रसिद्ध सदगुरुलाई वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालयको तर्फबाट जारी गरिएको पत्र हस्तान्तरण गरेर अभियानसँग ऐक्यबद्धता जनाए हुन।
शुक्रबार साझ ललितपुर जिल्लाको गोदावरीमा आयोजना गरिएको एक कार्यक्रममा वनमन्त्री यादवले माटो जोगाऔँ अभियानका लागि सदगुरुले गरेका तीस हजार किलोमीटर यात्रालाई सम्मान गर्न र सघाउन वन मन्त्रालयमार्फत देशभरीमा कम्तिमा पनि तीस हजार वृक्षरोपण गर्ने प्रतिबद्धता समेत गरे।
उक्त अभियानका प्रमुख जग्गी वासुदेवलाई नेपालमा स्वागत गर्न पाउँदा आफु निकै खुशी भएको मन्त्री यादवले बताए।
सदगुरुलाई यादवले ऐक्यबद्धता पत्र हस्तान्तरणसँगै संसारको र्दुलभ एक सिंगे गैडाको मुर्ति पनि उपहारका स्वरूपमा प्रदान गरेका थिए। ु