Logo

प्रतिनिधिसभा निर्वाचन : गगन थापा काठमाडौं–४ बाट उम्मेद्धवारको लागि सर्वसम्मत् रुपमा सिफारिश



काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं–४ बाट उमेदवारका लागि सर्वसम्मत सिफारिस भएका छन् । क्षेत्रीय समिति बैठकले उनको नाम प्रतिनिधिसभा सदस्यको उमेदवारका लागि सर्वसम्मत सिफारिस गरेको हो ।

यसअघि थापाको नाम काँस्की–१ बाट पनि सिफारिश भएको थियो । तर, थापाले आफू काठमाडौं–४ बाटै चुनाव लड्ने स्पष्ट पारेका थिए । थापाले आगामी निर्वाचनमा आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot