Logo

मन्त्री मेटमणि चौधरीको टिप्पणी : ‘माधव नेपालले नेतृत्व गरेका पार्टी कहिल्यै कमजोर हुँदैन्’



काठमाडौं, १८ भदौ । सहरी विकासमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता मेटमणि चौधरीले माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर नहुने दाबी गरेका छन् । आज (शनिबार) पार्टीको गल्छी गाउँपालिकामा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘माधव नेपालले जहिल्यै पार्टी निर्माण गर्नुभएको छ । कम्युनिष्ट पार्टीको संगठन बनाएर विशाल पार्टी बनाउने नेता हो उहाँ । लाखौँलाख कार्यकर्ता निर्माण गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउने नेता हो उहाँ । शान्ति, संविधान र लोकतन्त्रका निम्ति जीवन समर्पण गरेको नेता हो माधव नेपाल । त्यसकारण तपाईहरु ढुक्क हुनुस्, माधव नेपालले नेतृत्व गरेका पार्टी कहिल्लै कमजोर हुदैन ।’

उनले कार्यकर्ताहरुलाई माधव नेपाल, राजेन्द्र पाण्डे र गंगालाल तुलाधरलगायतले किन विद्रोह गर्नुप¥यो भन्ने लागेको होला भन्दै आफूहरुले विद्रोह गर्नुको कारण नेपालमा कम्युनिष्ट पार्टीको निर्माण गर्न भएको सुनाए । उनले भने,‘यदि हामीले विद्रोह नगरेको भए नेपालमा कम्युनिष्ट पार्टीको औचित्य समाप्त हुन्थ्यो ।’ file photo



प्रतिक्रिया दिनुहोस्