Logo

भ्रष्ट कर्मचारीविरुद्ध उत्रियो नागरिक समाज



काठमाडौं, १८ भदौ । नागरिक समाजले दशै तिहार छठ जस्ता राष्ट्रिय पर्वका अवसरमा व्यापारीहरुसंग जबर्जस्ती कमिसन माग्ने भ्रष्ट कर्मचारीविरुद्ध उजुरी दिने भएको छ ।

समाजका अध्यक्ष प्रकाश रायमाझीले एक विज्ञप्ती जारी गर्दै सुक्ष्मरुपमा भ्रष्ट कर्मचारीहरूको गतिविधि पत्ता लगाउने र पहिचानसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट कारवाही गर्न उजुरी दिने तयारी गरिरहेका जानकारी दिएका हुन् ।

भ्रष्ट कर्मचारीहरुले कतै कसैमाथि कमिशन माग्ने दबाब दिने जस्ता कार्य गरेमा तत्काल नागरिक समाजमा सम्पर्क राख्न पनि रायमाझीले आग्रह गरेका छन् ।

अनेकौँ दुःखकष्ट सहेर बन्द व्यापार गरि राज्यलाई कर तिर्ने व्यापारीहरू माथि राष्ट्र सेवक कर्मचारीबाट कुनै किसिमको मनोवैज्ञानिक दबाब दिने कार्य भएमा समाजले कठोर कदम चाल्ने समेत चेतावनी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्