Logo

काठमाडौं जिल्ला बारको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण



काठमाडौं, २ साउन । काठमाडौं जिल्ला अदालत बार एशोसिएसनको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । शुक्रबार भएको एक कार्यक्रमकाबीच रामचन्द्र पौडेल (आरसी विमल) नेतृत्वको कार्यसमितिले पदभार सम्हालेको हो । निर्वाचित भएको लामो समयपछि नयाँ कार्यसमितिलाई पुरानो कार्य समितिले हस्तान्तरण गरेको हो ।

उक्त कार्यसमितिको उपाध्यक्ष पुरुषोत्तम अधिकारी रहेका छन् । त्यस्तै सचिवमा उज्वलराम श्रेष्ठ, सहसचिवमा अन्जु रेग्मी अर्याल र कोषाध्यक्ष सन्तोष भण्डारी निर्वाचित भएका थिए । महिला सदस्य गिता श्रेष्ठ र उमादेवी प्रसाईं रहेका छन् ।

सदस्यहरुमा भिष्म निरौला, मदन कुमार दाहाल, संकल्प क्षेत्री, सूर्यमणि राई, सुनिल थापा, सूर्यबहादुर दौल्याल, सुवास पाठक र हरिराम लामिछाने रहेका छन् । त्यस्तै चेतनाथ तिमल्सेना, जीवन न्यौपाने, प्रविण हुमागाईं र दिपक कुमार साह नयाँ कार्य समितिका सदस्य हुन् । उक्त अवसरमा काठमाडौं जिल्ला बारका पूर्व अध्यक्षहरुलाई सम्मान समेत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot