Logo

कांग्रेसमा अहंकार देखिएका माधव नेपालको आक्रोश, समानुपातिकमा पार्टीले २५ सिट ल्याउने दाबी



काठमाडौं, १८ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा आफ्नो पार्टी आगामी निर्वाचनमा एक्लै लड्न पनि तयार रहेको बताएका छन् । उनले आफ्नो पार्टीले समानुपातिकमा २० लाख मत ल्याउने पनि दाबी गरे ।

आज (शनिबार) विराटनगरमा आयोजित पेशागत महासंघको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले आगामी निर्वाचनमा समानूपातिकमा २० लाख मत ल्याउने दाबी गरेका हुन् । उनले पार्टीले समानुपातिकमार्फत २० देखि २५ सिट ल्याउने बताए ।

उनले गठबन्धन गर्ने विषयमा कांग्रेसमा अहंकार देखिएको आरोप लगाए । उनले आफ्नो पार्टी एक्लै चुनाव लड्न पनि सक्षम रहेको सुनाए । उनले ०७४ सालमा २३ सिट जितेको कांग्रेसले अहिले एक सय सिट दाबी गर्नु नै अहंकार भएको आक्रोश पोखे । file photo

 



प्रतिक्रिया दिनुहोस्