Logo

उम्मेदवारी मनोनयनको अघिल्लो दिन प्रतिनिधिसभाको कार्यकाल सकिने गरी संशोधन हाल्छौंः विशाल भट्टराई



काठमाडौं, १९ भदौ । नेकपा एमालेका नेता विशाल भट्टराईले प्रतिनिधिसभाको कार्यकाल बढाउन नमिल्ने बताएका छन् । “संविधानमा प्रतिनिधिसभाको कार्यकालबारे किटानी व्यवस्था गर्न नसक्दा अन्योल छ । अघिल्लो पटक मनोनयन दर्ताको गर्ने अघिल्लो दिन कार्यकाल सकिएको थियो । गठबन्धनको प्रभावमा सर्वोच्च अदालतले प्रतिनिधिसभाको पूरा पाँच वर्षको हुने फैसला गरेपछि त्यसको छिद्रमा टेकेर नयाँ विधेयक आएको छ । निर्वाचित भएर आएको सांसदलाई पुरानाले हस्तान्तरण गरेपछि मात्र कार्यकाल सकिने व्यवस्थाले मंसिर ५ गतेपछि एकै क्षेत्रमा दुई जना सांसद हुने भए । यस्तो दोहोरो मापदण्ड हुन सक्दैन,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले भने ।
नेता भट्टराईले सत्तापक्ष बहुमतको बलमा जबर्जस्ती गरिरहेको आरोप पनि लगाए । उनले थपे, “सत्तापक्षले राष्ट्रघाती नागरिकता विधेयकमा जबर्जस्ती गर्यो । सत्तापक्षले पेलेर जान खोजेको छ । एमाले संसदीय प्रक्रिया र राजनीतिक प्रक्रियाबाट प्रतिवाद गर्न तयार छ । मनोनयन दर्ताको अघिल्लो दिन सक्ने गरी हामीले संशोधन हाल्छौं ।”



प्रतिक्रिया दिनुहोस्