Logo

स्काइडाइभका क्रममा प्यारासुट नखुल्दा टिकटकरको निधन



एजेन्सी ।  ‘मिस क्यानाडा’को सेमिफाइनलिष्ट भइसकेकी २१ वर्षीया टिकटकर तान्या परदाजीको स्काइडाइभिङका क्रममा निधन भएको छ ।

समाचार अनुसार सोलो स्काइडाइभका क्रममा प्यारासुट नखुल्दा उनको मृत्यु भएको हो। उनको ट्वीटर प्रोफाइलमा करिब ९५ दशमलब ४ हजार र टिकटकमा एक लाखभन्दा बढी फलोअर्स थिए ।

फिलोसोफीकी छात्रा तान्या विश्वविद्यालयमा अध्ययनरत थिइन् । सन् २०१७ मा ‘मिस क्यानाडा’ सौन्दर्य प्रतियोगितामा भाग लिएकी उनी सेमिफाइनलिस्ट बनेकी थिइन् । आफ्नो टिकटक एकाउण्टमा उनी साइकोलोजी, एलियन र इतिहासका बारेमा कुरा गर्थिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot