काठमाडौं, १९ भदौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई डिजिटल माध्यम मार्फत सहज र सरल तरिकाले भुक्तानी प्रोत्साहन गर्न केएस डिजिटल वीक सार्वजनिक गरेको छ ।
बैंकले आजदेखि भाद्र २४ गते शुक्रबार सम्मका लागि सरल तरिकाले भुक्तानी प्रोत्साहन गर्न डिजिटल विक सार्वजनिक गरेको हो ।
नगद छोडौं, Digital रोजौं कार्यक्रम अन्तर्गत यस KS Digital Week मा कामना सेवा विकास बैंकका QR Merchant हरुले QR प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको अधिकतम रु. ५० वा १५% बोनस बापत कामना सेवा बैंकमा रहेको आफ्नो खाता मार्फत प्राप्त गर्न सक्नेछन् ।
साथै, बैंकका ग्राहकले समेत Digital कारोबारमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । IME PAY तथा Khalti Digital Wallet मा कामना सेवा विकास बैंक लिङ्क गरि रु.१०० सम्मको Cash Back लगायत अन्य थुप्रै Discount र आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् ।