काठमाडौं, १९ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको आजपनि बयान सुरु भएको छ ।
जबरा बयानको लागि महाअभियोग सिफारिस समितिमा पुगेलगत्तै आज तेस्रो दिन बयान सुरु भएको छ ।
यसअघिको बयानमा जबराले आफूमाथिमको महाभियोगको औचित्य नभएको बताएका थिए ।
उनले समितिमा बसेका सांसदहरुको बारेमा समेत प्रश्न उठाएका छन् ।
उनले आफूमाथि अनावश्यक आरोप लगाईएको भन्दै आक्रोश पोखेका छन् ।
उनले अरु न्यायाधीशहरुको बारेमा समेत प्रश्न उठाएका छन् ।
उनीविरुद्ध सत्ता गठबन्धनका सांसदहरुले गत फागुनमा महाभियोग दर्ता गराएका थिए । file photo