Logo

सद्गुरुको ‘माटो जोगाउँ’ कार्यक्रममा सहभागी ६ हजार बढिलाई गुर्जो चियाको सेवा



काठमाडौं, १९ भदौ । ललितपुरको गोदावरीमा ईशा फाउण्डेशनका जग्गी वासुदेव (सद्गुरु) द्वारा आयोजित सेभ द सोयल कार्यक्रममा सहभागी ६ हजार बढिलाई गुर्जोको चिया सेवा गरिएको छ । अभियन्ता कमलबहादुर राजलवट र उनका परिवारका सदस्यहरु आँफै सहभागी भएर उनीहरुलाई गुर्जोको चिया सेवा गरेका हुन् ।

अभियन्ता राजलवटकाअनुसार कार्यक्रम सुरु हुनुअघि कार्यक्रमस्थलमा प्रवेशको लागि लाइनमा बसेकाहरुलाई नै गुर्जोको चिया सेवा गरिएको थियो । गुर्जो चिया सेवन गर्नेहरु उत्साही देखिएको उनको भनाई छ ।

सो कार्यक्रममा गुर्जो बेर्ना, करिपात बेर्ना, पत्थरचट्टा, अश्वगन्धा, पारिजातका बेर्नाहरू पनि ठूलो मात्रामा निःशुल्क वितरण गरिएको थियो । सेवामा राजलवटका बहिनी र ज्वाँई अञ्जु र राजेश प्रधान, योग गुरुहरू सुरेन्द्र रिमाल, किशोर जोशी, केदार बस्ताकोटी, दधिराम, मण्डललगायत खटिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot