Logo

भ्याट छलीको आरोपमा दुर्गा ट्रेडर्सका सञ्चालकविरुद्ध राजस्वको मुद्दा



काठमाडौं,१९ भदौ । भ्याट छलीको आरोपमा राजस्व अनुसन्धान विभागले तीनजना विरुद्ध मुद्दा दायर गरेको छ ।

आयकर र भ्याट छलीको आरोपमा बसुन्धारामा रहेको दुर्गा ट्रेडर्सका सञ्चालक त्रेय विरुद्ध ५ करोड ४६ लाख ५१ हजार रुपैयाँ कर छलीको आरोपमा मुद्दा दायर गरेको हो ।

संञ्चालकहरु धीरजकुमार जैसवाल, सुमनकुमार श्रेष्ठ र राहुलकुमार जैसवालले मुल्य अबिवृद्धितर्फ रु १ करोड ७१ लाख ३२ हजार १७० र आयकरतर्फ रु ३ करोड ७५ लाख १९ हजार १६८ बढीको छलीको आरोपमा उच्च अदालत पाटनमा मुद्दा दायर भएको हो ।

विभागको अनुसार आरोपितहरुसँग पुरै जरिवानासहित विगो रकम १० करोड ९३ लाख २ हजार रुपैयाँ र हदैसम्मको कैद सजाय माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्