Logo

कांग्रेस बझाङ–२ (ख)बाट युवा नेता मन्जित ताम्राकार सिफारिस



काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसका युवा नेता मन्जित ताम्राकार बझाङ क्षेत्र नम्बर २ प्रदेश सभा (ख) बाट सिफारिस भएका छन् ।

राष्ट्रिय दलित आयोगका पुर्ब कार्यबाहक अध्यक्ष समेत रहेका ताम्राकारलाई प्रदेश सभा सदस्यका लागि बझाङ क्षेत्र नम्बर २ को बैठकले समानुपातिकतर्फ सिफारिस गरेको हो ।

ताम्राकार नेपाल विद्यार्थीसँघ हुँदै पार्टीको केन्द्रीय राजनीतिमा प्रवेश गरेका हुन् । लामो समयसम्म कांग्रेसको राजनीतिमा आबद्ध उनी सामाजिक सेवामा पनि अग्रसर छन् । भुकम्प र कोरोना महामारीमा समेत उनले अफ्ठेरोमा परेका धेरै व्यक्तिलाई सहयोग गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot