Logo

चुनावी तयारी बैठकमा कार्यकर्ता पँक्तिलाई राजेन्द्र लिङ्देनको आव्हान : राप्रपालाई पहिलो दल बनाऔं (भिडिओसहित)



काठडमाडौं, १९ भदौ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीलाई पहिलो दल बनाउनेगरि तयारीमा जुट्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । आज (आइतबार) काठमाडौंमा निर्वाचनको तयारीमा सम्बन्धमा आयोजित पार्टीको विस्तारित बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

उनले देशमा हिन्दूराष्ट्र र राजसंस्था पूनस्थापना गर्नुपर्नेमा जोड दिए । उनले भने,‘राप्रपालाई नेपालको पहिलो पार्टी बनाऔं, हिन्दूराष्ट्र कायम गरौं, राजसंस्था पूनःस्थापना गरौं, देशलाई भ्रष्टाचारमुक्त बनाऔं ।भ्रष्टाचार नगरेर पनि राजनीति गर्न सकिन्छ भन्ने मान्यता स्थापित गरौं ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot