काठमाडौं, १९ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता गोकुलप्रसाद बाँस्कोटा आगामी निर्वाचनको लागि काभ्रे–२ बाट प्रतिनिधिसभा सदस्यको लागि सर्वसम्मत् उम्मेद्धवार सिफारिश भएका छन् ।
धुलिखेलका मेयरसमेत रहेका अशोक ब्याञ्जुले जनाएअनुसार काभ्रे–२ मा बाँस्कोटाको नाम सर्वसम्मत् रुपमा सिफारिश भएको हो ।
उनकाअनुसार अहिले प्रतिनिधिसभाको लागि क्षेत्र नम्बर १ बाट सिफारिश गर्नेबारे छलफल चल्दैछ ।
नेता बाँस्कोटा पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्रको रुपमा चिनिन्छन् । उनी यसअघि सञ्चारमन्त्री भएका थिए । file photo