काठमाडौं, १९ भदौ । साताको कारोबारको पहिलो दिन आज शेयर बजारमा झिनो अंकको वृद्धि भएको छ। नेप्से परिसुचक ६ दशमलव ६८ अंकले वृद्धि भएर १९७७ दशमलव ३० विन्दु कायम भएको हो ।
त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ५७ अंकले वृद्धि भएर ३८३ दशमलव ७७ विन्दुमा पुगेको हो ।
आज २ सय २७ कम्पनीका १ अर्ब ७१ करोड ६१ लाख ५ हजार ९२२ रुपैयाँ बराबरको २८ लाख ७६ हजार २८८ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।