Logo

प्रतिनिधिसभा निर्वाचन : अछामबाट २२ जनाको नाम सिफारिस



काठमाडौँ,१९ भदौ । नेपाली कांग्रेस अछामले प्रतिनिधिसभा सदस्यका लागि २२ जनाको नाम सिफारिस गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा उम्मेदवार बन्न सहमति हुन नसकिएपछि उनीहरुको नाम सिफारिस गरिएको हो ।

पार्टी सचिव टक्करबहादुर शाहका अनुसार क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ गोविन्दबहादुर शाह, भरतकुमार स्वाँर, टीकाराम खनाल र राजेन्द्रबहादुर शाह तथा समानुपातिकतर्फ अनुराधाकुमारी स्वाँर, मोतिलाल बोहरा, डम्मर सुनार, मोहमद अक्रामुल शेख, शान्ता कुँवर, लक्ष्मी शाह र सुरेन्द्र खड्काको नाम सिफारिस गरिएको छ ।

यस्तै क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ पुष्पबहादुर शाह, बलबहादुर कुँवर, गणेशबहादुर विष्ट र रामबहादुर शाही तथा समानुपातिकतर्फ क्षेत्र नं २ बाट देवराज देवकोटा, विनोदकुमार थापा, बिपी रेग्मी, अक्कलबहादुर विष्ट, टेकबहादुर विक, अम्बिकुमारी थापा र सुनिता थापाको नाम सिफारिस गरिएको छ ।

यसैगरी क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ पाँच र समानुपातिकतर्फ २० जनाको नाम सिफारिस गरिएको छ । क्षेत्र नं १ ‘ख’बाट प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ १३ जनाको नाम सिफारिस गरिएको छ । क्षेत्र नं २ ‘क’बाट प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ १३ जनाको नाम सिफारिस गरिएको छ । क्षेत्र नं २ ‘ख’बाट प्रत्यक्षतर्फ नौ र समानुपातिकतर्फ १९ जनाको नाम सिफारिस गरिएको सचिव शाहले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot