काठमाडौं, १९ भदौ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका क्यासिनोहरूलाई ७ दिनभित्र कर तिर्न अल्टिमेटम दिएको छ । पाँचतारे होटलले सञ्चालन गरेको क्यासिनोको पैसा सरकारले समेत उठाउन नसकेको बेला महानगरले भने पत्र काटेर कर तिर्न म्याद दिएको हो ।
महनागर राजस्व विभागका निर्देशक शिवराज अधिकारीले ती क्यासिनोलाई ७ दिनभित्र कर तिर्न पत्र काटेका हुन् । पत्रमा भनिएको छ,”आर्थिक वर्ष २०७५र७६ देखि हालसम्म कर नबुझाएको हुँदा प्रदेश आर्थिक ऐनले तोकेको दररेटमा हालसम्मको बाँकी मनोरञ्जन करको विवरण र सोको नियमानुसार लाग्ने जरिबानासमेत यस पत्र प्राप्त भएको मितिले ७ ९सात० दिनभित्र काठमाडौं महानगरपालिका राजस्व विभाग ववरमहलमा बुझाउनुहुन अनुरोध छ । अन्यथा महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह बाँकी कर असुलउपर गरिने व्यहोरा जानकारीको लागि समेत अनुरोध छ ।” file photo