Logo

बालेनको डोजर रोकिएन, क्यासिनोमाथि अल्टिमेटम



काठमाडौं, १९ भाद्र । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अनाधिकृत संरचनामाथि डोजर लगाउने कार्यलाई निरन्तरता दिएका छन् । आज उनले कोटेश्वरमा डोजर लगाउन निर्देशन दिए ।

कोटेश्वर क्षेत्रमा मापदण्डविपरितका संरचना भत्काइएका छन् । यसअघि न्यूरोड, बानेश्वरलगायतका क्षेत्रमा बालेनको डोजर चलिसकेको छ ।

बालेनले भृकुटीमण्डपस्थित फन पार्कमा कर उठाइसकेका छन् । उनले ७ दिने म्याद दिएर महानगरपालिकाभित्र संचालित क्यासिनोलाई कर तिर्न पत्र काटेका छन् । पत्र काटिएका ७ क्यासिनोहरुमा क्यासिनो प्यालेस, डेल्टिन क्यासिनो, क्यासिनो र्याट, प्राइड इन्टरटेन्टमेन्ट, माजोङ इन्टरटेन्टमेन्ट, बाल्को क्यासिनो र बेली क्यासिनो छन् । उनीहरुले झण्डै ४ वर्षयता मनोरञ्जन कर तिरेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot