काठमाडौं, २० भदौ । हालै स्थानीय तहको चुनाब पछि मनोज कुमार देवकोटाको सर्लाही क्षेत्र नं १ मा प्रतिनिधी सभा सदस्यको लागि धेरै नै चर्चा चल्न थालेको छ ।
उनले भक्तिपुर गाविसको पालोमा उपाध्यक्षको रूपमा काम गरेका थिए । त्यसपछि उनी नेकपा एमालेको जिल्ला अध्यक्ष जस्तो गरीमामय पदमा रेवती पन्त लाई फराकिलो मत अन्तरले पराजित गर्दै निर्वाचित भएका थिए ।
उनको चर्चा झलनाथ खनाल सर्लाही क्षेत्र नं १ मा उम्मेदवार हुँदा देखि थियो । २०७४ सालमा उनी स्थानीय तहको चुनाबमा ईश्वरपुर नगरपालिकामा नगर प्रमुखमा नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए ।
अहिले सम्पूर्ण सर्लाही क्षेत्र नं १ को माग मनोज कुमार देवकोटा हो । सर्लाही क्षेत्र नं.१ मा अहिले सम्म ६ ओटा संसदीय निर्वाचनमा ३ पटक नेकपा एमालेका उमेदवार विजय भएका थिए । तीन पटक हार बेहोर्नु परेको थियो । तीन पटक जीत हुँदा सर्लाही क्षेत्र नं १ कै उम्मेदवारहरु थिए भने तीन पटक पराजित हुँदा क्षेत्र बाहिरको उम्मेदवार थिए । सर्लाही बासीले इमान्दार,मिलनसार, जनताको नेता भनेर उनलाई चिन्दै आएका छन् ।