Logo

क्यानडामा दुई समूहबीच झडप, १० जनाको मृत्यु



एजेन्सी, २० भदौ । क्यानडाको सास्काचेवान प्रान्तमा दुई समुदायबीच हिंसात्मक झडप भएको छ । दुवै समुदायका मानिसले एकअर्कामाथि धारिलो हतियार प्रहार गर्दा १० जनाको मृत्यु भएको छ । १५ जना घाइते भएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ । दुईजनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्यको खोजी क्रम जारी रहेको छ ।

प्रहरीका अनुसार संदिग्धहरुको नाम डेमन स्यान्डरसन र माइल्स स्यान्डरसन रहेको छ । घाइते सबैलाई विभिन्न अस्पतालमा भर्ना गरिएको प्रहरीले बताएको छ । घाइतेको संख्या बढ्न सक्ने र केही घाइते आफैँ अस्पताल पुगेका हुनसक्ने अनुमान गरिएको छ ।

एजेन्सीको अनुसार घटनास्थलमा पुगेको प्रहरीले घटनास्थलमा उपस्थित व्यक्तिसँग सोधपुछ गरिरहेको छ । डेमन स्यान्डरसन र माइल्स स्यान्डरसन अन्तिम पटक रेजिना शहरमा देखिएका प्रहरीले जनाएको छ ।

घटना जेम्स स्मिथ क्री नेसन र सास्काचेवान प्रान्तको नजिक रहेको आदिवासी समुदाय वेल्डन सहरमा भएको हो। जम्मा १३ स्थानमा दुवै समुदायका मानिसहरुले आपसमा झडप गरेका थिए । यी सबै ठाउँबाट मृतक र घाइते भेटिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्