Logo

कार्तिक आर्यन आशिकी–३ मा अनुबन्धित



एजेन्सी, २० भदौ । ‘भूल भुलैया २’ को सफलतापछि बलिउड अभिनेता कार्तिक आर्यनलाई धेरै फिल्मको अफर आइरहेको छ । अहिले भर्खरै कार्तिकले ‘आशिकी ३’ को लागि अनुराग बासुसँग हात मिलाएको खबर आएको छ । बहुप्रतिक्षित यो फिल्मबाट बलिउडका धेरै ठूला स्टारहरुको नाम बाहिर आएको थियो तर अब कार्तिकले यो फिल्म पाएका हुन् ।

कार्तिकले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै यसबारे जानकारी दिएका छन् । उनले क्याप्शनमा लेखेका छन्, “बासु दा आशिकी ३ सँग मेरो पहिलो फिल्म’। तर, अहिलेसम्म फिल्मको मुख्य नायिकाको बारेमा निर्माण पक्षले कुनै जानकारी दिएको छैन । यो एक प्रेमकथा हुनेछ, जुन अहिलेसम्म प्रदर्शनमा आएका सबै फिल्मभन्दा फरक हुनेछ ।”

आशिकी ३ मा काम गरेको सपना साकार भएको जस्तो लाग्ने पनि उनको भनाइ छ । उनले उक्त अवसर जुटाइदिने व्यक्तिहरुलाई पनि धन्यवाद दिएका छन ।

राहुल रोय र अनु अग्रवाल स्टारर ‘आशिकी’ सन् १९९० मा रिलिज भएको थियो । यो फिल्म महेश भट्टले निर्देशन गरेका हुन् । यो फिल्म बक्स अफिसमा ठूलो हिट साबित भयो र आज पनि यसका गीतहरूले हाम्रो हृदयमा राज्य गर्छन्। सन् २०१३ मा यो फिल्म ‘आशिकी २’ को सिक्वेल मोहित सुरीले निर्देशन गरेका थिए । श्रद्धा कपुर र आदित्य रोय कपुर स्टारर फिल्म पनि मानिसहरुले मन पराए र हिट पनि भयो ।

यसअघि फ्रेन्चाइजको तेस्रो भागमा सिद्धार्थ मल्होत्रा र आलिया भट्ट देखिने चर्चा थियो तर फिल्म कहिल्यै फ्लोरमा गएको थिएन । ‘आशिकी ३’ को निर्माताले फिल्मको प्रतिष्ठित संगीतका लागि प्रीतमलाई फाइनल गरेका छन् । कार्तिकले हालै कियारा आडवाणीसँग ‘सत्यप्रेम की कथा’ को सुटिङ सुरु गरेका छन् । यसबाहेक कार्तिकसँग ‘शेहजादा’, ‘फ्रेडी’ र ‘क्याप्टेन इन्डिया’ जस्ता फिल्म छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot