Logo

हाम्रो शिक्षाले अब देश र जनताको समृद्धिको सपना पूरा गर्नेतर्फ योगदान गर्नुपर्छ : प्रचण्ड (भिडिओसहित)



काठमाडौं, २० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शिक्षाले अब देश र जनताको समृद्धिको सपना पूरा गर्नेतर्फ योगदान गर्नुपर्नेमा जोड दिएका छन् । आज (सोमबार) महोत्तरीको खैरमारामा निर्मल लामा बहुप्राविधिक शिक्षालय भवनको शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन ।

उनले भने,‘हाम्रो ध्यान अहिले शिक्षालाई उत्पादनमुखी बनाउने हो । समाजवाद निर्माणको आधार भनेको उत्पादन वृद्धि नै हो । शिक्षाले हाम्रो देशका पहिचानलाई विश्वमा स्थापित गर्ने भूमिका खेल्नुपर्दछ ।’ उनले निर्मल लामा बहुप्राविधिक शिक्षालयले सही सुरुवात गरेको भन्दै धन्यवाद दिए । उनले हिजोको खैरमारा र आजको खैरमारमा धेरै फरक भएको सुनाए । उनले खैरमारा नमूना शहर बन्ने निश्चित् रहेको सुनाए ।

उनले आफू ०४०÷०४१ सालतिर आफू भूमिगत कालमा खैरमारामा पुग्दा त्यहाँको अवस्था निकै जटिल रहेको स्मरण गराए । तर, अहिले विकासका कामले गति लिएको उनको भनाई छ । आगामी दिनमा अझै विकास निर्माणका काम द्रुततर गतिमा हुने दाहालले विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot