Logo

खप्तड लघुवित्तको आइपिओ बाँडफाँड, कसले कति कित्ता पाए



काठमाडौं, २० भदौ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक शेयर (आइपिओ) बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो ।

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने १८ लाख ८३ हजार १ सय १८ वटा आवेदन मध्ये दोहोरो आवेदनका कारण रद्ध भएका १ हजार ५ सय ५१ तथा अन्य कारणबाट आवेदन रद्ध भएका ९८ हजार ४ सय ९३ बाहेक बाँकी रहेका १७ लाख ८३ हजार ७४ वटा योग्य आवेदनहरु मध्येबाट १२ हजार ३४० जनालाई न्यूनतम १० इकाई बाँडफाँड गरिएको छ ।

प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक भई गत भदौ ८ देखि १२ गते सम्म सार्वजनिक रुपमा निष्काशन खुला गरिएको थियो ।
कूल शेयर १ लाख ३२ हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर ६ हजार ६ सय कित्ता तथा कर्मचारीलाई जारी पूँजीको ०.५ प्रतिशत बराबर २ हजार कित्ता छुट्याई बाँकी रहेको १ लाख २३ हजार ४ सय कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशनको करिब १६८.६४ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरेको संस्थाले जनाएको छ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यवस्था मिलाईएको छ ।

हाल संस्थापक तर्फ लघुवित्तको चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ रहेको र आईपीओ बाँडफाँड पश्चात लघुवित्तको चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ ।



प्रतिक्रिया दिनुहोस्