काठमाडौं, २० भदौ । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाका अध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई करौडौ मुल्य बराबरको सामाग्री हस्तान्तरण गरेका छन् । पाण्डेले २२ करोड मुल्य बराबरको सामाग्री प्रधान सेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेका हुन् ।
पाण्डेले मेडिकल सामाग्री, भारतीय हतियारको स्पेयर पार्टस, घोडा, १० वटा माइन प्रोटेक्टिभ भेहिकललगायतका सामाग्रीका स्याम्पल सेनालाई प्रदान गरेका हुन् ।
हस्तान्तरण गरेको सामाग्रीको केही प्रतिशत अनुदान हो भने केही रकम भने नेपालले भारत सरकारलाई दिनुपर्ने जनाइएको छ।