Logo

अमरेशको क्षेत्रबाट गगन थापाको एकल नाम सिफारिश



काठमाडौं, २० भदौ । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व मन्त्री गगनकुमार थापाको नाम सर्लाही–४ बाट सिफारिश भएको छ ।

सर्लाही कांग्रेसले थापालाई उक्त क्षेत्रबाट चुनाव लड्न यसअघिदेखि नै आग्रह गर्दै आएको थियो । सर्लाही ४ प्रदेश (क) र (ख) क्षेत्रले आइतबार संघीय सांसदका लागि नेता थापाको एकल नाम सिफारिस गरेको र क्षेत्रीय कार्यसमितिले अनुमोदन गरेर प्रदेश कार्यसमितिलाई पठाएको छ ।

कांग्रेस सर्लाहीको सभापति सुरेन्द्रकुमार सिंहले पनि महामन्त्री थापालाई सर्लाही ४ का जनताले चुनाव लड्न माग गरेको र सोहीअनुसार थापाको एकल नाम सिफारिस भएको जानकारी दिए । थापाले भने आफू काठमाडौं–४ बाटै चुनाव लड्ने बताउँदै आएका छन् ।

यो क्षेत्र कांग्रेस नेता डा. अमरेशकुमार सिंहको हो । ०७४ मा सिंह यही क्षेत्रबाट निर्वाचित भएका थिए । तर, अहिले सिंहलाई भने जिल्ला कार्यसमितिले निलम्बन गरेको छ । स्थानीय तहको निर्वाचनमा पार्टीलाई आघात पुग्ने काम गरेको र अन्तर्घात गरेको भन्ने उनीमाथि आरोप छ । file photo



प्रतिक्रिया दिनुहोस्