Logo

सत्ता गठबन्धनले टुँग्यायो सिटको भागबण्डा, कांग्रेस र अरु दलबीच ५०–५० को सहमति



काठमाडौं, २० भदौ । सत्ता गठबन्धनले सिट बाँडफाँडको लगभग टुँगो लगाएको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटमा कांग्रेसले ५० प्रतिशत लिने र बाँकी ५० प्रतिशत अरु दललाई छोड्ने सहमति भएको छ ।

सिट बाँडफाँड कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष नेताहरुसहित कार्यदलको बैठक बसेको थियो ।

उक्त बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरुलाई लचकता देखाउन आग्रह गरेसँगै कांग्रेसले १६५ मा ५० प्रतिशत लिन सहमत भएको स्रोतको दाबी छ ।

यसअघि कांग्रेसले १०० सिटमा दाबी गरेको थियो । कार्यदलको बैठक भोलिपनि बस्ने छ । भोलिको बैठकमा भने प्रदेश सभाको सिट टुँगो लगाउने बताईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot