Logo

धमलाको प्रश्नः “निर्वाचन आयोग सरकारको लाचार छाया हो ?”



काठमाडौं, २१ भदौ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधिसभाको कार्यकाल मनोनयनको अघिल्लो दिन सकिने बताएका छन् ।
“कानुनमा स्पष्ट नभएको कुरा निर्वाचन आयोगले पनि भन्न सक्दैन । तर संविधानले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष भनेको छ । निर्वाचन आयोगले व्यावहारिक र निर्विवाद हुने गरी परामर्श दिएकाले नै सरकारले मंसिर ४ मा निर्वाचन घोषणा गरेको हो । आयोगले प्रतिनिधिसभालाई यो गर्नुस्, त्यो नगर्नुस् भन्न मिलेन । तर आयोगले पहिलो निर्वाचित मितिलाई आधार मानेको छ । मनोनयनको मितिको अघिल्ला दिन प्रतिनिधिसभाको कार्यकाल सकिन्छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता पौडेलले भने ।
उनले पत्रपत्र छपाईमा कुनै समस्या नभएको पनि बताए । पौडेलले भने, “जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ हुँदैछ । आजभोलिबाट टेस्डिङको फेजमा छ । राप्रपा नेपालको चिह्नबारे अदालतमा विचाराधीन छ । सम्मानित सर्वोच्च अदालतले आजभोलिमा निकास देला । आएन भने पनि आयोग उपयुक्त निर्णय गरेर अघि बढ्छ ।”
पत्रकार धमलाको अर्को प्रश्नमा आयोग प्रवक्ता पौडेलले निर्वाचन सामग्री खरिदप्रक्रिया ई-बिडिङबाट भएकाले कुनै पनि अनियमितता नभएको स्पष्ट पारे । उनले थपे, “हाम्रो ई-बिडिङ ई-पोर्टलबाट हुन्छ । सार्वजनिक सूचना प्रकाशित गरेर भएको छ । लगत स्टमेटभन्दा धेरै तल झरेर काम गरेको छ । यस्तो हुन्छ रे, उस्तो हुन्छ रे भनेका आधारमा कसैले त्यस्तो कुरा गरेको हुन सक्छ । शक्ति र पहुँचको भरमा कसैले ठेक्का पाउने होइन ।” सायद जितिन्न भनेर कतिपय पक्षले मुद्दा फिर्ता पनि लिए ।



प्रतिक्रिया दिनुहोस्