काठमाडौं, २१ भदौ । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई तत्काल बर्खास्त गर्नुपर्ने टिप्पणी गरेका छन् ।
एक विज्ञप्ती जारी गर्दै रायमाझीले ठमेलस्थित छायाँ सेन्टरमा भएको घटनामा मन्त्री श्रेष्ठले सामान्य संस्कार पनि देखाउन नसेको भन्दै मन्त्रिपरिषदबाटै बर्खास्त गर्न सरकारसँग माग गरेका हुन् ।
श्रमजीवि सुरक्षागार्डलाई मन्त्रीमाथि अभद्र व्यवहार गर्यो भन्ने झुटो मुद्दा लगाउनाले निन्दनीय कार्यबाट आफैंलाई लजित महसुस भएको उनको भनाइ छ ।
लेखक रायमाझीले प्रजातान्त्रिक राज्य प्रणालीको रक्षा गर्ने हो भने मन्त्रीले नैतिकताको आधारमा तत्काल राजिनामा दिएर सुरक्षागार्ड माथि लगाइएको झुटो मुद्दा फिर्ता लिनुपर्ने धारणा राखेका छन् ।
झुटा मुद्दा चलाउने प्रहरी प्रशासनमाथि पनि नागरिकले सत्यतथ्य छानबिन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
मन्त्री लाइनमा नबसेको उल्टै लाइनमा बस्न आग्रह गर्ने सुरक्षागार्डलाई पक्राउ गरेपछि मन्त्रीको तीव्र आलोचना भइरहेको छ । सर्वसाधरणले मन्त्री श्रेष्ठमाथि आलोचना गर्न थालेपछि मन्त्री श्रेष्ठले घटनाबारे सत्य तथ्य बुझेर मात्र प्रतिकृया दिन आग्रह गरेका छन्् ।