Logo

एनआईसी एसिया बैंकका ग्राहकले अब ‘नेपालपे क्यूआर’ स्क्यान गरी भुक्तानी गर्न सक्ने



काठमाडौं, २१ भदौ । एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपबाट नेपाल क्लियरिङ हाउसको ‘नेपालपे क्यूआर’ स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

योसँगै ‘एनआईसी एसिया मोबैंक’ प्रयोगकर्ताले नेपालका विभिन्न स्थानका मर्चेन्टसँग रहेको नेपालपेको क्यूआर स्क्यान गरी सहज रुपमा भुक्तानी गर्नसकिने भएको छ । नेपालपेसँगको सहकार्यबाट डिजिटल कारोबारलाई थप नयाँ उचाइमा पु¥याउन सहयोग पुग्ने बैंकले जनाएको छ ।

बैंकले हालै ओम्नी च्यानल प्रणालीमा अपग्रेड गरी अधिकतम बैंकिङ सेवा तथा सुविधा डिजिटल माध्यमबाट प्रदान गरिरहेको बैंकले आगामी दिनमा एपमार्फत नै अझ धेरै सेवा दिन तयारी गरेको छ ।

हाल एपमार्फत नै क्यूआर भुक्तानीका साथै नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन, नयाँ डेबिट कार्ड तथा प्रि–पेड डलर कार्ड अनुरोध, मुद्दति खाता खोल्न, चेक अनुरोध, ई–कमर्श सुचारु, स्किम ट्रान्सफर, आईपीओ आवेदन र लकर सुविधा लिने लगायतका सुविधा उपलब्ध रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्