एजेन्सी, २१ भदौ । आईपीएलका पूर्व अध्यक्ष ललित मोदीले केही महिनाअघि अभिनेत्री सुस्मिता सेनसँगको सम्बन्धलाई अफिसियल गरेका थिए । तर, अहिले दुवैको ब्रेकअपको अड्कलबाजी सुरु भएको छ ।
वास्तवमा ललित मोदीले आफ्नो सोशल मिडिया प्रोफाइलको बायोबाट सुस्मिताको नाम हटाएका छन् । योसँगै उनले आफूसँगको डिस्प्ले पिक्चर पनि परिवर्तन गरेका छन् ।
उनको बायोमा आईपीएलका संस्थापक र मुन मात्र लेखिएका छन् । यो देखेर प्रयोगकर्ताले यी दुईको सम्बन्ध टुटेको अनुमान गरेका छन् । यद्यपी सुस्मिता र ललितले यसबारे आधिकारिक धारणा भने दिएका छैनन् ।
ललितले गत महिना आफ्नो प्रोफाइल तस्वीर परिवर्तन गरेको तस्बिरमा उनीसँगै सुस्मिता सेन पनि थिइन् । त्यसपछि ललितले इन्स्टाग्राम बायोमा लेखे,’अन्ततः नयाँ जीवन सुरु गर्दै, अपराधमा साथी, सुस्मिता सेनसँग ’मेरो माया’। मोदीले सुष्मिताको इन्स्टा एकाउन्टलाई पनि ट्याग गरेका छन् ।
ललित र सुस्मिताको ब्रेकअपको सबैभन्दा ठूलो कारण उनका पूर्व प्रेमी रोहमन शाललाई भनिएको छ । ब्रेकअपपछि पनि यी दुई प्रायः पार्टीमा देखिएका छन् । हालै, रोहमन सुस्मिताकी छोरीको जन्मदिन समारोहमा देखिएका थिए। त्यसैगरी, केही दिन अघि उनी सुस्मिताकी आमाको जन्मदिनमा पनि देखिएका थिए ।
साढे दुई वर्षको अफेयरपछि गत वर्ष डिसेम्बरमा रोहमन–सुस्मिताको ब्रेकअप भएको थियो । त्यतिबेला दुवै लिभ इनमा बस्दै आएका थिए । रोहमन सुस्मिताभन्दा १६ वर्ष कान्छा छन् ।
सुस्मिता सेनको नाम अहिलेसम्म धेरै मानिससँग जोडिएको छ । उनको ११ जनाभन्दा बढीसँग सम्बन्ध रहेको छ । रोहमन बाहेक उनको नाम विक्रम भट्ट, रणदीप हुड्डा, वसीम अक्रम, सञ्जय नारंग, बंटी सजदेह जस्ता धेरै व्यक्तिसँग जोडिएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।