Logo

काँग्रेस ८० सिटमा मान्ने प्रचण्डको दाबी



काठमाडौं, २१ भाद्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसले ८० सिटमा सहमतिमा आउने दाबी गरेका छन् । उनले काँग्रेसले सय सिट दाबी गरेपनि ८० सिटमा मान्न तयार हुने दाबी गरेका हुन् ।

आज धनगढी पुगेका प्रचण्डले सञ्चारकर्मीको प्रश्नमा भन,‘नेपाली काँग्रेसले सुरुमा १०० भन्नुभएको थियो तर पछि ८० को वरिपरि आउने सम्भावना बढ्दो छ ।’ सबैले दाबी गरेकोमा लचिलो हुने प्रचण्डको भनाई छ ।

माओवादीले पनि ६० दाबी गरेकोमा केही लचिलो हुने बताए । नेकपा एस, जसपालगायत दलहरुको दाबी बढी रहेपनि स्थिति हेरेर टुंगो लगाइने बताए । सिट बाँडफाँटको टुंगो चाँडै लाग्ने प्रचण्डको भनाई थियो ।

प्रचण्डले सिट संख्या, प्रदेश, संघ सबैको सिट बाँडफाट एकैपटक टुंग्याइने बताए । उनले बुधबार बैठक बसेर सहमतिमा पुग्ने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्