Logo

‘दुई दर्जन निर्वाचन क्षेत्रमा कांग्रेस कमजोर’



काठमाडौं, भदौ २२ । नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा करिब दुई दर्जन संघीय निर्वाचन क्षेत्रमा पार्टी संगठन तुलनात्मक रूपमा कमजोर रहेको निस्कर्ष निकालेको छ ।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन परिणामलाई केन्द्रमा राखेर कांग्रेसले प्रतिनिधिसभाका दुई दर्जन निर्वाचन क्षेत्रमा पार्टी संगठन कमजोर रहेको निष्कर्ष निकालेको हो ।

ती क्षेत्रमा गठबन्धनको जोडबलमा पनि परिणाम कांग्रेसको पक्षमा पार्न कठिन हुनसक्ने भन्दै संगठन सुधार अभियान चलाउन नेतृत्वलाई सुझाव दिइएको छ । तर, नेतृत्वले ती क्षेत्रमा संगठन सुधारका लागि अहिलेसम्म थप अभियान सञ्चालन गरेको छैन ।

कांग्रेसले कमजोर भनेर निष्कर्ष निकालेका दुई दर्जन क्षेत्रममा पाँचदलीय गठबन्धनसँग चुनावी तालमेल गर्दा पनि अधिकांश क्षेत्र पार्टीकै भागमा पर्ने नेताहरूको बुझाइ छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।



प्रतिक्रिया दिनुहोस्