Logo

उच्च अदालतका २७ न्यायाधीशका लागि ८१ जनाको नाम छनोट, कुन समूहबाट कति ?



काठमाडौं, भदौ २२ । न्याय परिषद् बैठकले उच्च अदालतका २७ न्यायाधीशका लागि ८१ जनालाई प्रारम्भिक चरणमा छनोट गरेको छ।

परिषद्को मंगलबारको बैठकले जिल्ला न्यायाधीश, कानुन व्यवसायी, न्याय सेवा, सरकारी वकिल र कानुन सेवाका कर्मचारीबाट उनीहरुलाई छनोट भएको हो।

परिषद्ले जिल्ला न्यायाधीशबाट ३८, कानुन व्यवसायीबाट २५, न्याय सेवाबाट ७, सरकारी वकिल समूहबाट ७ र कानुन सेवाका कर्मचारीबाट ४ कर्मचारी छनोट गरेको छ।

परिषद्ले केही समयअघि उच्च अदालका लागि न्यायाधीश नियुक्तीसम्बन्धी मापदण्डका आधारमा निवेदन माग गरेको थियो।

करिब ३०० सय जनाले आवेदन दिएका थिए। तीमध्ये पहिलो चरणमा उनीहरुको नाम छनोट गरिएको हो। अब परिषद्ले फेरि मौखिक रुपमा परीक्षा लिएर २७ जनाको छनोट गर्ने छ।

उच्च अदालतको २७ न्यायाधीश नियुक्ति प्रयोजनका लागि संक्षिप्त सूचीमा परेका नामावली

1. अच्युतमकुमार भट्टराई

2.अरुणकुमार दुवे

3.अर्नुन अधिकारी

4. डा. अर्जुनकुमार खड्का

5.अर्जुन महर्जन

6. आलोक चन्द्र श्रेष्ठ

7. इन्द्रकुमार चोङ्टेली

8.ऋषिराम निरौला

9.ओमप्रसाद अर्याल

10.कविप्रसाद न्यौपाने

11.काजीबहादुर राई

12.कृष्णराम कोइराला

13.केशवप्रसाद बास्तोला

14 कैलाशप्रसाद सुवेदी

15.खडानन्द तिवारी

16. खड्कबहादुर केसी

17. गिरिराज अधिकारी

18.गोपालप्रसाद रिजाल

19. गोपालप्रसाद बास्तोला

20.डा. गोपीचन्द्र भट्टराई

21.गोविन्द जोशी

22.चन्द्रमणि ज्ञवाली

23.जयानन्द पनेरु

24.दिनेश थापा

25. दिपेन्द्रकुमार साह

26.गोपाल रञ्जित

27. दीपेन्द्र थापा

28.धनसिंह महरा

29.धीरेन्द्र साउद

30.ध्रुवकुमार शाह

31.नारायणप्रसाद अधिकारी

32.नारायणप्रसाद रेग्मी

33.निरञ्जनकुमार खड्का

34.निर्मला अधिकारी भट्टराई

35.निर्मला पौडेल

36.नूर मोहम्मद मनिहार

37.नेत्रप्रसाद आचार्य

38.पवनकुमार जयसवाल

39.पून्यशीला दवाडी घिमिरे

40.पूर्णश्वरप्रसाद उपाध्याय

41.पूर्णप्रसाद राजवंशी

42.प्रकाश खरेल

43. प्रकाश ढुंगाना

44.प्रभुकृष्ण कोइराला

45.ब्रजेश प्याकुरेल

46.भीमकुमार श्रेष्ठ

47.मधुृसुदन चौधरी

48.महेन्द्रबहादुर कार्की

49.मातृका प्रसाद मरासेनी

50.मीनबहादुर महत

51.मोहनराज भट्टराई

52.यज्ञबहादुर रानामगर

53 यमबहादुर बुढामगर

54.युवराज गौतम

55.योगेन्द्रप्रसाद साह

56.रमादेवी पराजुली

57.रमेशप्रसाद चौधरी

58.राजदेव यादव

59. राजुकुमार खतिवडा

60.राजेन्द्र अधिकारी

61. राजेन्द्रकुमार श्रेष्ठ

62.राधाकृष्ण उप्रेती

63.रामचन्द्र पौडेल

64.रितेन्द्र थापा

65.लालबाबु राय

66.लोकराज पराजुली

67.वसन्तराज पौडेल

68.विनोदकुमार पोखरेल

69. विमल पौडेल

70.विमल यादव

71.विश्वराज कोइराला

72.शंकरराज बराल

73.श्यामकुमार भट्टराई

74.सानुमैया डंगोल

75.सीताराम अधिकारी

76.सूर्यनाथ प्रकाश अधिकारी

77.सुशील कोइराला

78.स्वीकृति पराजुली

79.हरिप्रसाद जोशी

80.हरिराज कार्की

81.हरिशचन्द्र ढुंगाना



प्रतिक्रिया दिनुहोस्

Screenshot