काठमाडौं, २२ भदौ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि कुमार गुरुङ समानुपातिक जनजातिमा पहिलो नम्बरमा सिफारिस भएका छन् । मङसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि नुवाकोट जिल्ला कार्यसमितिको बैठकले क्षेत्रीय समितिबाट सिफारिस भई आएको उम्मेदवारको नाम बागमती प्रदेशमा पठाउने निर्णय गरेको हो ।
युवा उद्यमी समेत रहेका गुरुङ २०५२ सालमा नुवाकोटको साबिक लच्याङ गाविसबाट नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको क्षेत्रीय प्रतिनिधि हुँदै २०५४ मा इकाई सभापति भएका थिए ।
उनी नुवाकोट–काठमाडौं सम्पर्क समितिको उप–सभापति पनि हुन्। उनको पारिवारिक पृष्ठभूमि पनि राजनीति नै हो । उनका बुवा लक्ष्मण गुरुङ २०५४ मा साबिक लच्याङ गाविसका नेपाली कांग्रेसबाट जननिर्वाचित वडा अध्यक्ष थिए । राजनीतिलाई नजिकै बाट बुझ्न पाएका गुरुङ दरबारमार्ग व्यवसाय संघको संयोजक र एक सफल व्यवसायी पनि हुन्।
उनले दरबारमार्गमा व्यवसाय गर्दै आएका छन् । गुरुङ लायन्स क्लब, रोटरी क्लबजस्ता सामाजिक संस्थामार्फत उदीयमान समाजसेवीको छवि बनाउन सफल छन् ।
सफल व्यवसायिका साथसाथै एक कुशल राजनीतिज्ञको रुपमा परिचित उनी भन्छन्,“अब राजनीतिक सुधार्ने हो र मुलुकको कायालपट गर्ने हो भने युवा नेतृत्वको विकल्प छैन ।”