Logo

सन्दिप लामिछानेविरुद्ध सुक्ष्मरुपमा अनुसन्धान गर्दै प्रहरी



काठमाडौं, २२ भदौ । राष्ट्रिय क्रिक्रेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसुरमा किटानी जोहेरी परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार संकट ब्यवस्थापन केन्द्र वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी)मा लगी स्वास्थ्य परीक्षण गराइएको प्रहरीले उल्लेख गरेको छ ।

प्रहरीको अनुसार लामिछानेले गत भदौ ५ गते काठमाडौं र भक्तपुरको बिभिन्न स्थानहरुमा लगी काठमाडौं ल्याई राति एक होटलमा पटक–पटक जबर्जस्ती करणी गरेको जाहेरी दरखास्तमा उल्लेख गरिएको छ ।

अनुसन्धानका बिविध बिधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी बृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भई रहेको जनाएको छ।

प्रहरीले जारी गरेको विज्ञप्तीमा भनिएको छ,“नेपाली राष्ट्रीय क्रिकेट टोलीको कप्‍तान सन्दिप लामिछानेले भदौ ५ गते काठमाडौं र भक्तपुरको बिभिन्न स्थानहरुमा लगी काठमाण्डौ ल्याई रातको २३ः ५५ बजे का.जि.का.म.न.पा.९ स्थित एक होटलको कोठा नं. ३०५ मा मिति भदौ ६ गते रातको ०० :२५ बजे पटक पटक जबर्जस्ती करणी गरेको लगायत उल्लेख गरी भदौ २१ गते प्रहरी बृत्त, गौशालामा जाहेरी दरखास्त दिएको “



प्रतिक्रिया दिनुहोस्

Screenshot