Logo

लामिछानेबारे निर्णय लिन क्रिक्रेट संघको बैठक बस्दै



काठमाडौं, २२ भदौ । नेपाली क्रिक्रेट कप्तान सन्दिप लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी प्रहरीमा परेसँगै यसबारे निर्णय लिन नेपाल क्रिक्रेट संघ (क्यान)को बैठक आज बस्दैछ ।

सन्दिपविरुद्ध एक १७ वर्षीया किशोरीले मंगलबार किटानी जाहेरी दर्ता गराएकी हुन् । जाहेरीसँगै उनको लोभलाग्दो करिअर पनि धरापमा परेको छ ।

क्यानले दोषी प्रमाणित नभएसम्म लामिछानेको कप्तानी तत्काललाई निलम्बन गर्न पनि सक्छ । गत मंसिरमा क्यानले लामिछानेलाई राष्ट्रिय टिमको कप्तान नियुक्त गरेको थियो । खेलाडीहरुमाथि अनुशासन उल्लंघनको आरोप लागेपछि उनले कप्तानको जिम्मेवारी पाएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot