Logo

सेवानिवृत्त कर्मचारीलाई सम्मान गर्दै १९औं निजामती सेवा दिवस सर्लाहीमा मनाईयो



बखतियार अलि
सर्लाही २२ भदौ, । १९औं निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरि धुमधामका साथ सर्लाहीमा मनाइएको छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने यस वर्षको नाराका साथ निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरि धुमधामका साथ मनाइएको हो ।

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको छ ।

निजामती सेवा दिवसको अवसरमा आज बिहान सर्लाहीको सदरमुकाम मलंगवामा प्रभात फेरिसहित जिल्ला समन्वय समितिको परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । नेपाल निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सर्लाहीका अध्यक्ष उमेश मिश्रको सभापतित्व र प्रमुख जिल्ला अधिकारी गौतमको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा यसै वर्ष सेवा निवृत्त भएका ७ जना कर्मचारीहरुलाई कदर पत्रसहित सोही कार्यक्रममा सम्मान समेत गरिएको थियो । सम्मानित हुने ७ जना कर्मचारीहरुमा चक्रघट्टा गाउपालिकाका लेखापाल शिवशंकर प्रसाद कुशवाहा, चन्द्रनगर गाउपालिकाका पुर्व प्रशासकीय अधिकृत हरिकान्त लाल कर्ण, जिल्ला अदालतका पुण्यदेव मण्डल, चक्रघट्टा गाउपालिकाका राजेश्वर प्रसाद साह, लालबाबु प्रसाद साह, बिरेन्द्र झा र किशोरी राय यादव रहेका छन् । सम्मानित सबै सेवानिवृत्त कर्मचारीहरुलाई अध्यक्ष  मिश्र र प्रमुख जिल्ला अधिकारी  गौतमले सामुहिक रुपमा फुलमाला अबिर लगाई कदर–पत्रबाट सम्मानित गरेका थिए ।

१९औं निजामती सेवा दिवस २०७९ को ब्यानर वाचन गरेर सर्लाहीका प्रमुख जिल्ला अधिकारी  गौतमले कार्यक्रमको उदघाटन गरेका थिए । कार्यक्रममा कर्मचारी मिलन केन्द्र सर्लाहीका सचिव सुनिल कुमार कुशवाहाले शुभकामना तथा स्वागत मन्तव्य व्यतm गर्दै संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै राष्ट्रसेवक निजामती कर्मचारीलाई अझ बढी समर्पण भावका साथ देश र जनताको सेवामा काम गर्ने हौसला दिए ।

जिल्ला समन्वय समिति सर्लाहीको परिसरमा आयोजित विशेष समारोहमा निजामती सेवाका उत्कृष्ट कर्मचारीहरुलाई सम्मान यस वर्ष प्राविधिक कठिनाईले गर्न नसकिएको नेपाल निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सर्लाहीका अध्यक्ष उमेश मिश्रले बताए । यस वर्ष कर्मचारीको छनोट गर्न भने सकेन । तर, अर्को वर्ष उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गर्ने ट्रेड युनियन सर्लाहीका  मिश्रले प्रतिबद्धता व्यक्त गरे ।

निजामती सेवा दिवसको अवसरमा सरकारी कार्यालयहरुमा दिपावली गर्ने, प्रादेशिक अस्पतालका बिरामीहरुलाई फलफुल बितरण लगायतका कार्यक्रम प्रत्येक वर्ष गर्दै आएको छ । दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले सेवाग्राहीको करबाट तलबभत्ता बुझ्ने सबै कर्मचारीले सेवाग्राहीलाई मुस्कानसहितको सेवा दिन आग्रह गरे । सरकारले कर्मचारीहरुलाई सबै सेवा दिएपनि राष्ट्रभक्त कर्मचारीहरु प्रति समाजमा स्थापित हुदै गएको नकारात्मक सोचलाई कर्मचारीहरुले सबल र सार्थक सेवा दिएर जनताको नुनको कर्ज चुकाउनु पर्ने बेला भएको उनले बताए ।

आधिकारिक ट्रेड युनियन सर्लाहीका अध्यक्ष उमेश मिश्रले समापन मन्तव्य राख्दै कुनैपनि कर्मचारीलाई बिना कारण गाली अनाहकमा गालीबेईज्ती गर्ने व्यक्तिलाई कानुनी कारवाही हुनुपर्नेमा जोड दिए । निजामती सेवा दिवसको अवसरमा मलंगवा स्थित सगरमाथा आवासीय स्कुलका छात्रछात्राहरुले नृत्य प्रस्तुतीकरण र राष्ट्रीय गान वाचन साजबाजका साथ गरेका थिए ।

निजामती सेवा दिवसको अवसरमा सहयोग पुर्याएबापत स्कुलका प्रधानध्यापक तिलक कुमार क्षेत्रीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको संचालन नेपाल निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सर्लाहीका सचिव सुरेन्द्र महतोले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot