काठमाडौं, २२ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) का नेता तथा कार्यकर्ताहरुलाई सडकमा उत्रिन आह्वान गरेका छन् । आज (बुधबार) काठमाडौंमा क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा सम्बोधन गर्दै दाहालले युवाहरु सडकमा नआएसम्म देशले गति लिन नसक्ने बताएका हुन् ।
उनले भने,‘तपाईँहरुले सडक तताउने काम गर्नुहोस । हामीले संविधानसभाबाट संविधान जारी गर्दा केही रिजर्भेसन थिए । अब तपार्इँहरु त्यो पूरा गर्न तयार हो ? अब कम्युनिष्ट आन्दोलनको लागि, क्रान्तिको लागि तपाईँहरु उत्तराधिकारी हो ।’ उनले निर्वाचन प्रक्रियामार्फत देशको राजनीतिलाई र क्रान्तिकारी आन्दोलनलाई नयाँ उचाईमा पुरयाउने विश्वास दिलाए ।
उनले माओवादी बलियो नभएसम्म देशमा प्रतिगमन र प्रतिक्रान्तिको खतरा रहिरहने टिप्पणी गरे । उनले माओवादी केन्द्र र आन्दोलनलाई बलियो बनाउनको लागि सम्पूर्ण तागदसहित लाग्न अखिल फोसलाई निर्देशन दिएका छन् ।
Photo By: Mukunda Kalikote/ReportersNepal
https://www.facebook.com/prachanda.nepal/videos/1818422581832888