काठमाडौँ, २२ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसका युवा नेता गोपालबहादुर शाह प्रदेशसभा सदस्यको उम्मेद्वार सिफारिस भएका छन ।
शाहलाई आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि जिल्ला समिति बर्दियाले बर्दिया क्षेत्र नं २ (क) बाट प्रदेशसभा सदस्यको उम्मेद्वारका रुपमा सिफारिस गरिएको हो ।
लामो समय देखि कांग्रेसको राजनीतिमा लागेका शाह राजनीतिक विश्लेषक तथा अधिकारकर्मीको रुपमा परिचित छन् । उनी नेपाली कांग्रेसको केन्द्रिय संघीय मामला तथा प्रदेश समन्वय विभाग सदस्य पनि हुन्।
मानव अधिकार र द्वन्द्वपिडित समुदायको पक्षमा निरन्तर संघर्षरत शाहले आफूले देश, समाज र पार्टीको पक्षमा निरन्तर योगदान गरिरहेको बताए । उनी आगामी निर्वाचनमा आफूलाई पार्टीले उम्मेद्वारका रुपमा टिकट दिनेमा विश्वस्त छन् ।