Logo

असोज १ गतेदेखि दशैँका लागि टिकट बुकिङ खुल्ला गरिने



काठमाडौं, २२ भदौ । असोज १ गतेदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ ।

यातायात व्यवस्था विभागमा बसेको बैठकले विश्वकर्मा पुजाको दिनदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको जनाइएको छ ।

यो निर्णयसँगै उपत्यका छाड्ने यात्रुहरुले अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । बसपार्कमा दशैँमा काठमाडौं उपत्यका छाड्नेको भिड लाग्ने गर्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot