Logo

दरबारमार्गको नाइट क्लबमा ‘ग्याङ् फाइट’, ६ जना घाइते



काठमाडौं, भदौ २३ । दरबारमार्गमा रहेको प्लाटिनम नाइट क्लबमा ग्याङ फाइट हुँदा ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार बुधवार राती पौन १२ बजेतिर भएको ग्याङ फाइटमा घाईते भएका ६ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

झगडामा संलग्न १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। झगडाका कारणबारे अनुसन्धान भईरहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot