Logo

गठबन्धनबाट बाहिरिने माधव नेपालको पार्टीको घोषणा !, एमाले पत्तासाफ हुने दाबी (भिडिओसहित)



काठमाडौं, २३ भदौ । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता भविश्वर पराजुलीले आगामी निर्वाचनको लागि सत्ता गठबन्धनमा सम्मानजनक रुपमा सिटको बाँडफाँट नभए आफूहरु गठबन्धनबाट बाहिरिनुपर्ने बताएका छन् । उनले गठबन्धनमा ३५ सिट नपाए आफ्नो पार्टी एक्लै निर्वाचनमा लड्ने स्पष्ट पारेका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘गठबन्धनमा कांग्रेसले ८० सिटभन्दा बढि लिनुहुँदैन् । उसले ०७४ को अवस्था पनि हेर्नुपर्यो । गठबन्धनको मुख्य दलको हिसाबले कांग्रेसले अरु दललाई पनि मिलाएर लैजानुपर्छ।’

आगामी निर्वाचनमा एमाले देशव्यापी रुपमा पत्तासाफ हुने उनको दाबी छ । उनले भने,‘काठमाडौंमा त एमाले पत्तासाफ नै हुन्छ । जित्दै जित्दैन् ।’ उनले जनताले अब एमालेलाई मतदान नगर्ने ठोकुवा गरे ।

उनले आफूहरुले गठबन्धनमा ४० सिटमा दाबी गरेको सुनाए । उनले स्थानीय तहको निर्वाचनमा साढे ९ लाख मत ल्याएको पनि तथ्यांक पेश गरे । उनले देशव्यापी रुपमा एमालेबाट आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लर्को चलेको सुनाए । उनले अरु पार्टीबाट आफ्नो पार्टीमा आउनेहरुको संख्या ठूलो रहेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्