Logo

सत्ता गठबन्धनका दलबीच कति सिटमा कुरा मिल्ला



काठमाडौं, २३ भाद्र । सत्ता गठबन्धनको कार्यदलले सिट बाँडफाँटको टुंगो लगाउने प्रयास गरिरहेको छ । आज विहान पनि कार्यदलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्यो ।

समानुपातिकतर्फको सूची बुझाउने असोज २ र ३ को मितिभन्दा अगावै प्रत्यक्षतर्फको सूची तयार गर्न सिट बाँडफाँटबारे छलफल जोडतोडले चलिरहेको छ । तर, कुरा मिल्न सकिरहेको छैन ।

नेपाली काँग्रेसले ९० सिटमा अडान कसेको छ । माओवादी केन्द्रले ६०, नेकपा एसले ३०, जसपाले ३० र जनमोर्चा नेपालले कम्तिमा २ सिट दाबी गरेका छन् । यसले पनि कुरा मिल्न सकेको छैन । काँग्रेसले १६५ मध्ये आधा र बाँकी दलहरुले आधा सिट पाउने गरी सहमति जुटाउन खोजिएको छ ।



प्रतिक्रिया दिनुहोस्