काठमाडौं, २३ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा कांग्रेसले एकल बहुमत ल्याउनेगरि गठबन्धन गर्ने निर्णय भएकोले सोहीअनुसार सिट बाँडफाँट हुनुपर्ने बताएका छन् । आज (बिहीबार) जनकपुरमा बिपी जन्मजयन्तीको अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले आयोजना गरेको ‘बिपी बवचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौती’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।
उनले भने,‘कांग्रेसको केन्द्रीय समितिले एउटा सिरियस निर्णय गरेको थियो, कांग्रेस र अन्य दलहरुको वैदेशिक नीति एकदम फरक छ, त्यो वैदेशिक नीति चाहीँ मिनिमम अण्डरस्ट्याण्डिङ गठबन्धनका दलहरुबीच हुनुपर्छ भनेका छौं । अब हेरौं, अन्य दलहरु कसरी अगाडि बढ्छन् ? खाली सरकार बनाएर अघि बढ्नमात्रै हामीले गठबन्धन बनाउने सोचेका हौं भने, यसले भोलि हामी सबैलाई अप्ठ्यारो पार्छ ।’
उनले गठबन्धनमा बहुमतको सरकार बनाउनको लागि कम्तिमा १०० सिट लिनुपर्ने अडान लिए । उनले कांग्रेस पूरानो दल र आकांक्षीहरु धेरै भएको सुनाए । उनले धेरै सिट छोड्दा समानुपातिक भोट कम हुने पनि सुनाए । उनले कांग्रेसभित्र अब चुनावमा विद्रोह हुनसक्ने खतरा औंल्याए ।
https://www.facebook.com/dineshchandrathapaliya/videos/354243406814800