काठमाडौं, २३ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि बर्दिया–२ बाट चुनाव लड्ने तयारीमा रहेको राप्रपाका युवा नेता विनय रावललाई सुरुमै धक्का लागेको छ । राप्रपाले आगामी निर्वाचनमा एमालेसँग तालमेल गर्नेगरि छलफल अघि बढाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी गठबन्धनबारे छलफल चलेपनि अहिले निश्कर्षमा नपुगिएको पत्रकार ऋषि धमलासँग यसअघि नै स्पष्ट पारिसकेका छन् ।
स्रोतकाअनुसार राप्रपाले हैसियतभन्दा बढि नै सिटमा दाबी गरेकोले एमालेले सहकार्यको लागि त्यति ईच्छा देखाएको छैन् । हालै कांग्रेस परित्याग गरी राप्रपा प्रवेश गरेका विनय रावलले बर्दिया–२ बाट उम्मेदवारी दिने तयारी गरिसकेका छन् । यो बीचमा उनले पार्टी अध्यक्ष लिङ्देनसहित वरिष्ठ नेताहरुलाई बर्दिया उतारेर शक्ति प्रदर्शनसमेत गरेका थिए ।
उनले आफ्नो क्षेत्रमा एमालेले सहयोग गर्ने विश्वास लिएका थिए । तर, एमाले नेतृत्वबाट नै बर्दिया–२ नछाड्ने अडान आएपछि उनी अहिले निराश भएका छन् । रावल पूर्व गभर्नर डा. तिलक रावलका छोरा हुन् । लामो समय कांग्रेसको राजनीतिमा सक्रिय रावल कांग्रेसबाट टिकट नपाउने भएपछि विद्रोह गरेर राप्रपा प्रवेश गरेका हुन् ।
उनले बर्दियाको समग्र विकासको लागि ‘‘बेटर र ब्राइटर बर्दिया’ अभियान चलाएका छन् । चुनावी नारासहित उनी चुनावी प्रचारप्रसारमा उत्रिएका छन् । तर, एमालेले उक्त क्षेत्र नछोड्ने भएपनि उनी निराश छन् । file photo