Logo

रणबीर भन्छन्-डीएनएमा ब्रह्मास्त्र छ



एजेन्सी, २३ भदौ । बलिउड कलाकार द्धय रणवीर कपुर र आलिया भट्ट आफ्नो आगामी फिल्म ‘ब्रह्मास्त्र’ को प्रचारप्रसार गरिरहेका छन् । हालै, रणवीर कपुरले प्रमोशनको क्रममा एक अन्तर्वार्तामा यो फिल्म विगत केही वर्षदेखि उनको जीवनको महत्त्वपूर्ण हिस्सा भएको खुलासा गरे।

रणवीरले भने, ‘‘ब्रह्मास्त्र अब उनको डीएनएको हिस्सा बनेको छ ।” यससँगै रणवीरले ‘शमशेरा’ बक्स अफिसमा फ्लप भएको पनि बताएका छन् । उनले भने, “अब ’ब्रह्मास्त्र’ हाम्रो डीएनएको हिस्सा बनिसकेको छ। यो पाँच वर्षको यात्रामा म अयान र आलिया नजिकका साथी बनेको छौं । हाम्रो जीवनको हरेक विशेष अवसरमा, जन्मदिन, दिवाली, क्रिसमस, हाम्रो विवाहसम्म पनि । हामीले ’ब्रह्मास्त्र’ को बारेमा मात्र कुरा गरेका थियौं।”

ब्रह्मास्त्रको प्रमोशनमा रणवीर कपुर, आलिया भट्ट र अयान मुखर्जी पुगेका थिए । कार्यक्रममा रणवीरलाई फिल्म ‘शमशेरा’ को असफलताको बारेमा सोधिएको थियो । यसबारे रणवीरले भने, “यदि शमशेराले बक्स अफिसमा राम्रो काम गर्न सकेन भने यसको मतलब मानिसहरूले यसलाई मन पराउँदैनन्। साथै उनीहरूलाई यसको कन्टेन्ट राम्रो नभएको पनि लाग्न सक्छ।“ फिल्म रिलिज हुनुअघि रणवीर र आलिया महाकालको आशीर्वाद लिन उज्जैन पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot